March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

महामारिमा लायन्सको रक्तदान,राहतको महसुस

काठमाडौँ – लायन्स क्लब अफ काठमाडौ ताराले काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरस कोभिड१९ का कारण उत्पन्न असहज परिस्थितिमा रगतको अभाव नहोस भन्ने मुख्य उद्देश्यका साथ ब्लड डोनेसन कार्यक्रमको आयोजना गरियको च्याप्टरका अध्यक्ष रोजिना जङ्गमले जानकारी गराउनु भयो । लायन्सका सदस्यहरु सहित अन्य सामाजिक ब्यक्तिहरु सहभागी भयको सो कार्यक्रम जडिबुटी स्थित कोटदेवी फुटसलमा आयोजना गरियको थियो ।

उक्त रक्त संकलन कार्यक्रम बाट ५४ पिन ब्लड संकलन गरि नेपाल रेडक्रस सोसाइटिलाइ हस्तान्तरण गरियको अध्यक्ष जङ्गमले बताउनु भयो ।कार्यक्रममा नेपाल प्रहरिको समुदाय प्रहरी साझेदारी अभियानमा सक्रीय रहनुभयका प्रहरी उपरीक्षक जनार्दन जिसि प्रमुख अतिथिको रुपमा सहभागी हुनुभयको थियो ।प्रहरी उपरीक्षक जिसिले अहिलेको बिपदको समयमा ब्लड डोनेसन कार्यक्रम आयोजना गरि मानवसेवामा सक्रीय भयको भन्दै आयोजक लाइ धन्यवाद दिनुभयो ।

त्यसैगरी कार्यक्रममा क्लबका चिफ डिस्ट्रीक एडभाइजर लायन्स मणि रत्न बज्राचार्य, नेपाली कांग्रेस काठमाडौ ओडा नम्बर ३२ वडा सभापति सुवास पराजुली , युवा नेता उमेश गुरुङ, जोन चेएर पर्सन प्रकास अर्याल, सिर्जनसिल समाज जडिबुटीका श्याम लामा , स्थानिय समाजसेवी जीवन तामाङ, लायन्स क्लब अफ भिक्टोरियाका लायन्स सुर्दशन आचार्य , देउराली नवप्रभा क्लबका सोना परियार साथै लायन्स क्लब अफ काठमाडौ पिस आईजका लायन्स कपिलदेब नेपाल,युवा समाजसेवी देव चौलागाई लगायतको सहभागीता रहेको थियो ।

अहिले बाढी,पहिरो,दुर्घटना सङ्गसङ्गै कोभिड १९ भाइरस महामारिको समय भयकाले पनि ब्लडको थप महत्त्व भयको सहभागीहरुले बताय । काठमाडौ ताराका अध्यक्ष जङ्गमले बिपदमा मानबसेवा सबै भन्दा अपरिहार्य हुने र त्यसका लागि आफ्नो नेतृत्वमा रहेको लायन्स क्लब अफ काठमाडौ तारा च्याप्टर सधै मानब सेवामा सक्रीय हुने प्रतिबद्दता जनाउनु भयो ।

अध्यक्ष जङ्गमले अब पुन यस्तै जनहितकारि कार्यक्रम निरन्तर आयोजना गरिने समेत हामिलाइ जानकारी गराउनु भयो।

शीर्ष समाचार

धेरै पढिएको