नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन राप्रपा अध्यक्ष थापाको माग
काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन माग गरेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रमको ध्यान आकर्षित गर्दछु।’
प्रतिकृया दिनुहोस्