पौडेल पक्षले बुधबारका लागि बोलाएको बैठक स्थगित
काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ। संस्थापन पक्षले गरेका निर्णयकाे विरोधमा ठोस कार्यक्रम तय गर्नका लागि बोलाईको बैठक महामन्त्री डा शशांक कोइरालाको पिसीआर परीक्षण आउन ढिलो भएकाले स्थगित गरिएको हो। परीक्षणको अन्तिम नतिजा बुधबार अबेर आउने भएपछि बैठक स्थगित गरिएको हो।
बुधबार रोकिएको बैठकको अर्को मिति १/२ दिनमै तय हुने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। यसअघि भर्चुअल मिटिङ गर्दै आएको पौडेल समूहले बुधबारका लागि बसुन्धरास्थित दियालो फुडल्याण्ड भेला हुने कार्यक्रम तय गरेको थियो।
असोज १९ मा बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता गर्ने मागसहित हस्ताक्षर बुझाउने तयारी संस्थापनइतर पक्षकाे छ। विरोधका लागि तय भएका दबाब कार्यक्रमलाई अन्तिम रुप दिने गरि बुधबार बैठक बोलाइएको थियो। साथै,पौडेल पक्षका उपलब्ध केन्द्रीय सदस्यले विरोध पत्रमा हस्ताक्षर गर्ने बताइएको थियो। निर्णय फिर्ता गर्नका लागि विरोध पत्र, अल्टिमेटम, देशव्यापी अन्तक्रिया,धर्ना र अनसनसहितका दबाब कार्यक्रम गर्ने पौडेल पक्षले जनाएको छ।
प्रतिकृया दिनुहोस्