June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गरौं: यातायात विभाग

काठमाडौं–यातायात व्यवस्था विभागले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ।

त्यसरी यात्रा गर्दा सकेसम्म आफैंले घरबाट खाना÷खाजा प्याक गरि लिएर हिँड्न पनि विभागले यात्रुहरुलाई अपिल गरेको छ। 

होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दूरीको यात्रामा हिँड्दा सकेसम्म आफैंले घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न विभागले भनेको छ। सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना र खाजा साथमै बोक्न अनुरोध गरिएको विभागले जनाएको छ।

विभागले अत्यावश्यक काम परेमात्रै यात्रा गर्न पनि सुझाएको छ। सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको