September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

आगामी पाँच दिनसम्म हावाहुरीसहित पानीको सम्भावना

काठमाडौँ- आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ ।

अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको र रातिदेखि भारी वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति प्रदेश नं १, प्रदेश  नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको