June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना

काठमाण्डाै – बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गर्नुभएको हो । आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको बीबीसीले जनाएको छ ।

नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक-पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवानामा १० हजार पाउन्डसम्म पुग्नेछ । यसअघि सेल्फ आइसोलेशनलाई निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो ।

यसमा कुनै जरिवाना तोकिएको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको