April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

नेपाली सेनाको इतिहास संरक्षण अभियान

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाले इतिहास संरक्षण अभियान चलाइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरुको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार गोरखा–धादिङ–नुवाकोट–काभ्रे–काठमाडौं ‘एकीकरण पदमार्ग’को सम्भाव्यता अध्ययन सकिएको छ । यसका लागि सेनाले इतिहासका प्राध्यापक दिनेशराज पन्तलाई समेत संलग्न गराएर लकडाउनअघि नै स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन टोलीको प्रतिवेदनले दुईवटा पदमार्गको खाका प्रस्तुत गरेको सहायक रथी पौडेल बताउँछन् । उनका अनुसार, पहिलो पदमार्ग गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रे पुग्छ । यो पदमार्ग १९६.५ किलोमिटरको हुनेछ । दोस्रोचाहिँ गोरखा, नुवाकोट, धादिङबाट काठमाडौंसम्म १२८.५ किलोमिटरको छ ।

शीर्ष समाचार

धेरै पढिएको