महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन ४
काठमाडौं – महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
शनिबार राति ८ बजे बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए।
दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ। जीप चालक सोही ठाउँका २५ वर्षीय सन्तोष महतोलाई पक्राउ गरिएको बुढाथोकीले बताए।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्