May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

चाँडै मन्त्रिमण्डल पुर्नगठन हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चाँडै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका ज्ञवालीले अबको हप्ता १० दिनमा नै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका हुन् ।

शुक्रबार प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा मन्त्रिमण्डल पुर्नगठन गर्ने बताए ।

उनले नेकपाभित्रको विवाद समाधानका लागि मन्त्रिमण्डल पुर्नगठन गर्ने बताए । मन्त्री ज्ञवालीले असन्तुष्ट पक्षका नेताहरुलाई सम्बोधन गर्दै मन्त्रीहरु हेरफेर हुने बताए ।

‘हप्ता दश दिनमा मन्त्रिमण्डल पुर्नगठन हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ’, उनले भने ।

त्यस्तै उनले प्रदेशको मन्त्रिमण्डल पनि पुर्नगठन हुने बताएका छन् । मन्त्री ज्ञवालीले मुख्यमन्त्री फेरबदल नहुने बताए ।

शीर्ष समाचार

धेरै पढिएको