April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

झापा – कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम भोलि असोज १ गतेदेखि निजी तथा सामुदायिक विद्यालय खुलाउन लागेका हुन।

मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकेको मापदण्डसँगै स्वास्थ्य मापदण्ड समेत पूरा गरी विद्यालय खुलाउन जिल्लाका स्थानीय तह अन्तरगत रहेका शिक्षा, युवा तथा खेलकुद शाखाहरूले आफ्ना पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक बिच छलफल गरेका थिए। सोही छलफलमा मन्त्रालयले बनाएको निर्देशिका बमोजिम विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

भद्रपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले निर्देशिकाले तोके बमोजिम असोज १ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको छ। बुधवार शिक्षा शाखामा बसेको छलफल पश्चात् यस्तो निर्णय गरिएको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए।  उनका अनुसार आजदेखि असोज १० गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयले विद्यार्थी पहिचान, अभिलेखीकरण तथा वर्गीकरण गर्ने निर्णय गरेको छ।

त्यो भनेको विद्यार्थी भर्ना अभियान नै हो। असोज ११ गते पश्चात् मन्त्रालयले तोकेको निर्देशिकामा टेकेर नगर शाखाले एउटा कार्य योजना बनाएर पहिलो चरणमा कक्षा ८ देखि १० सम्म कक्षा सञ्चालन गर्ने बताइएको छ।

बुधवार गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा बसेको बैठकमा शिक्षा शाखा, शिक्षक कर्मचारी, प्रधानाध्यापक, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा मन्त्रालयले तोकेको निर्देशिका बमोजिम नै असोज १ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरिएको शाखा प्रमुख बस्नेतले जानकारी दिए।

कचनकवल गाउँपालिका इन्टरनेट र सञ्चार क्षेत्रको पहुँच भन्दा बाहिर रहेकोले विद्यार्थीलाई प्रत्यक्ष शिक्षा दिनु बाहेक अन्य विकल्प नदेखिएको उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको