जापानको ९९ औं प्रधानमन्त्रीमा सुगा निर्वाचित
योशिहिदे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदले शिन्जो आबेको राजीनामा पछि सुगालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको हो ।
आबेको घनिष्ठ सहयोगी सुगाले आफ्नो पूर्ववर्ती नीतिहरू जारी राख्ने अपेक्षा गरिएको छ । आबेले गत महिना स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिएका थिए ।
बुधबार संसदमा भएको मतदानमा सुगाले ३१४ मत पाएका थिए । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले आबेलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री सुगाले आफू किसानको जेठो छोराको रुपमा जन्मिएको बताएका छन् ।
उनले आफू कृषकको छोरा भए पनि राजनीतिमा शून्यबाट सुरुवाता गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्