September 7, 2024, Saturday
KN hd tv

कोशी सरकारमा सहभागी हुन कांग्रेसले किन देखाइरहेको छैन जाँगर ?

मोरङ । केन्द्रदेखि प्रदेशसम्म सरकार भागवण्डामा तीब्र रुपमा सहभागी भएको सत्तारुढ नेपाली कांग्रेस प्रदेश सरकार गठनमा भने सुस्त देखिएको छ । केन्द्र सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले नेतृत्व गर्ने प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने विषयमा पनि कांग्रेसले उति जाँगर चलाएको छैन ।

कोशी प्रदेश सरकारमा पनि नेपाली कांग्रेस सरकारमा सहभागी हुने ‘लोसे’ पारामा मात्र लागिरहेको छ । कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताउँछन् । थापाले कोशी सरकारमा तत्कालै कांग्रेस सहभागी नहुने बताएका छन् ।

थापाले भागबण्डालगायतका विषय केन्द्रले टुंगो नलगाएका कारण तत्कालै कोशी सरकारमा कांग्रेस सहभागी हुन नसक्ने स्पष्ट पारेका छन् । थापाले अन्य प्रदेशहरूमा पनि विवाद आइरहेको र कोशीका विषयमा केन्द्रीय नेतृत्वले भागबण्डा, मन्त्री नियुक्तिलगायतको विषय टुंगो लगाई नसकेका कारण तत्कालै कांग्रेस सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । उननी भन्छन्, ‘केन्द्रले भागबण्डा, मन्त्री नियुक्ति लगायतका विषय टुंगो नलगाएका कारण तत्कालै कांग्रेस सरकारमा सहभागी हुन सक्दैन ।’ सबै विषय टुंगो लाग्न अझै केही दिन लाग्ने थापाले जानकारी दिए ।

यता सरकारमा सहभागी माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरिरहेको छ । माओवादीले सरकार छाडे पनि केन्द्रले सबै विषय  टुंगो नलगाएसम्म कोशी सरकारमा कांग्रेस सहभागी नहुने नेता थापाले स्पष्ट पारेका छन् । अरु प्रदेशमा जस्तो विवाद कोशीमा आउन नदिन कांग्रेस सरकारमा जान हतार नगर्ने थापाले बताएका छन् । कोशी सरकारमा सहभागिताबारे केन्द्रमा छलफल भइरहेका कारण चाँडै सबै विषय टुंगो लाग्ने सम्भावना रहेको थापाले बताएका छन् ।

कोशीमा मात्र होइन बागमतीमा पहिलो पटक सरकारको नेतृत्व पाएको कांग्रेस आफैभित्रको किचलोका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकि बसिरहेको छ । कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त भएको तीन दिन भइसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन र जिम्मेवारी दिन सकिरहेका छैनन् । पार्टीभित्र मन्त्रीका आकांक्षा बढी भएका कारण बागमतीमा कांग्रेसभित्र किचलोको अवस्था सिर्जना भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको