September 7, 2024, Saturday
KN hd tv

कुलमानको चेतावनी : तीन महिनाभित्र उद्योगले महसुल नतिरे फेरि लाइन काटिनेछ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  दिइइएको तीन महिनाभित्र उद्योगहरुले महसुल भुक्तान नगरे फेरि लाइन काटिने बताएका छन् ।

आज (शुक्रबार) सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र वक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौं । त्यति बेलासम्म पनि उद्योगले बुझाउनु पर्ने महसुल बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ,’ उनले भने ।

उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए । ‘केही उद्योगले पैसा तिरिरहनु भएको छ । कसैले लोडसेडिङ अन्त्य भएपछि पनि तिरिरहेका छ्न् । १७४ उद्योगले तिरेका छन् । वक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ,’ उनले भने । कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको पनि जानकारी गराएका छन् । ‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ,’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको