September 7, 2024, Saturday
KN hd tv

कमला ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रूपमा समर्थन गरेका छन् । ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्वजनिक गर्दै आफू र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । 


ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् । यसअघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रूपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरूले ह्यारिसलाई समर्थन गरेका थिएनन् ।

शीर्ष समाचार

धेरै पढिएको