September 7, 2024, Saturday
KN hd tv

सौर्य जहाज दुर्घटना : अहिलेसम्म कति जनाको भइसक्यो पोष्टमार्टम ?

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम धमाधम भइरहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालले जनाएको छ ।  

अस्पतालका अनुसार आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि मात्रै आफन्तलाई बुझाइने छ । शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भइरहेको बताइएको छ । एउटा शव पोष्टमार्टमका लागि कम्तीमा चार घण्टा समय लागिरहेको अस्पतालले जनाएको छ । 

हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेण्डमै दुर्घटनामा परेको थियो । दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो। पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।  उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको