September 7, 2024, Saturday
KN hd tv

सौर्यको जहाज दुर्घटना : पाइलट बाहेक कोही बचेनन्, १८ शव निकालियो (सूचीसहित)

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् ।

सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य सन् २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् ।

हेर्नुहोस् नामावली :-

शीर्ष समाचार

धेरै पढिएको