September 7, 2024, Saturday
KN hd tv

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान–अवतरण प्रभावित

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ । ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ ।

यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको