September 7, 2024, Saturday
KN hd tv

भारतसँगको टी–२० शृङ्खलाका लागि चरिथ असलङ्काको कप्तानीमा श्रीलङ्काको टोली घोषणा

काठमाण्डाै – भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु हसरङ्गाले कप्तानबाट राजीनामा दिएपछि उनको ठाउँमा असलङ्काले नेतृत्व गर्ने भएका हुन् । टी–२० विश्वकपमा श्रीलङ्का पहिलो चरणबाटै बाहिरिएको थियो ।

विश्वकपपछि श्रीलङ्काको यो पहिलो टी–२० शृङ्खला हो । भारत र घरेलु टोली श्रीलङ्काबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो शनिवारदेखि शुरु हुनेछ । यस्तै दोस्रो टी–२० आइतवार र तेस्रो टी–२० मङ्गलवार हुनेछ । टी–२० शृङ्खलाबीच भारत र श्रीलङ्काबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि हुनेछ ।

भारतले यसअघि नै रोहित शर्माको कप्तानीमा एकदिवसीय टोली र सूर्यकुमार यादवको कप्तानीमा टी–२० टोली घोषणा गरिसकेको छ ।

यस्ताे छ श्रीलङ्काकाे टाेली–

शीर्ष समाचार

धेरै पढिएको