September 7, 2024, Saturday
KN hd tv

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ – शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको नेप्से परिसूचक त्यसयता ओरालो लाग्दै आएको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।

आज तीन सय १७ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्स र अपी पावर कम्पनीका २४ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

शीर्ष समाचार

धेरै पढिएको