October 18, 2024, Friday
KN hd tv

पूर्वमन्त्रीले खुवाउनु परेको पाँच हजार घुसबारे के भन्छन् गृहमन्त्री लेखक ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सांसदले दिएको पाँच हजार घुसबारे अनुसन्धान भइरहेको बताएका छन् ।  आज (मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लेखकले प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको बताएका हुन् ।

उनले भने, ‘माननीय सदस्य ज्यूले आफ्नो छोराको सर्टिफिकेट झिक्न बिचौलियालाई पैसा दिएको भन्ने कुरा छ । मैले उहाँलाई व्यक्तिगत रुपमा नै कुरा गरेर सो मान्छेलाई चिनाउन सहयोग गर्न आग्रह गरेको छु । प्रहरीलाई पनि यो विषय अनुसन्धान गर्न निर्देशन दिइसकेको छु । यो विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’ 

शीर्ष समाचार

धेरै पढिएको