September 7, 2024, Saturday
KN hd tv

बागमतीमा कांग्रेस र एमाले कति–कति समय बन्छन् मुख्यमन्त्री ?

मकवानपुर । बागमतीमा नेपाली काँग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार काँग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको एक काँग्रेस नेताले बताए ।

उनका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । काँग्रेस र एमालेबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो । बागमतीमा पहिलो चरणमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् ।

काँग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय काँग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ । यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको