September 7, 2024, Saturday
KN hd tv

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : भ्रष्टाचार हुँदैन भन्नुभयो, पाँच हजार घुसमा किन नजरअन्दाज ?

काठमाडौं ।  सत्ता साझेदार नेपाली कांग्रेसका सांसद राजन केसीले छोराको शैक्षिक प्रमाणपत्रको समकक्षीता लिन सांसदले नै पाँच हजार घुस दिनुपरेको विषयमा जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

आइतबार प्रधानमन्त्रीले राखेकोको विश्वासको मतको विषयमा छलफलका क्रममा जसपाका सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्रको समकक्षिता लिन परीक्षा नियन्त्रण कार्यालयमा पाँच हजार बुझाउनु परेको बताएका थिए । उनले देशमा भ्रष्टाचार विकराल रहेको चित्रण गर्दै आफ्नो सानो कामका लागि पनि घुस बुझाउन नागरिक बाध्य भएको उनको भनाइ थियो । महतो पूर्वमन्त्री समेत हुन् ।

महतोको भनाइको विषयमा मंगलबार प्रतिनिधिसभाको सुरुमै सांसद केसीले सरकारको धारणा माग गरेका हुन् । उनले यस विषयमा प्रधानमन्त्री, शिक्षा र गृहमन्त्रीले जवाफ दिनुपर्ने र त्यसका लागि सभामुखबाट रुलिङ गर्न माग गरे ।

केसीले भने, ‘सांसद तथा पूर्वमन्त्रीले छोराको प्रमाणपत्र समकक्षीताका लागि पाँच हजार बुझाएको कुरा आयो। प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भन्नु भएको छ । यो विषय के हो ? सांसदको त यो हालत छ भने आम सर्वसाधारणको अवस्था के होला ? यो विषयमा तत्काल प्रधानमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री जवाफ दिन रुलिङ गर्न माग गर्छु ।’ सांसद केसीले राजश्व घट्नुका पछाडि देशमा व्याप्त भ्रष्टाचार भएको जिकिर गरे । घुस बढ्ने तर राजश्व घट्ने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । 

शीर्ष समाचार

धेरै पढिएको