September 7, 2024, Saturday
KN hd tv

बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

नाम टुंगो लागेका प्रकाश श्रेष्ठ बाहेक सबै नयाँ हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए । बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।


निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ । कांग्रेसले मुख्यमन्त्री पाउने भएपछि बागमतीमा एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको छ । यसअघि आर्थिक मामिला मन्त्री लिने सहमति भए पनि पुनः मन्त्रालय हेरफेर गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको