September 7, 2024, Saturday
KN hd tv

प्रधानमन्त्रीलाई ‘दुईतिहाइ’ सांसदको विश्वासको मत

यसरी जुट्दैछ दुई तिहाई : १९३

  • कांग्रेस : ८८ 
  • एमाले : ७९ (सभामुख र टोपबहादुर रायमाझीसमेत)
  • जसपा : ७
  • जनमत : ६
  • जसपा नेपाल : ५
  • लोसपा : ४
  • नागरिक उन्मुक्ति : ४

काठमाडौं : प्रधानमन्त्री बनेका केपी ओलीले आज (आइतबार) विश्वासको मत लिँदै छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले दुईतिहाइभन्दा बढी मत पानेछन् । र्तौलाका अनुसार सरकारमा सहभागी चार दलसहित जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, दुई स्वतन्त्र सांसद (अमशेरकुमार सिंह र योगेन्द्र मण्डल) बाट विश्वासको मत प्राप्त हुने निश्चित भएको छ । 

संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकारलाई त्यसका लागि आवश्यक दुईतिहाइ मत आबश्यक छ । विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा १३८ सांसदको समर्थन आवश्यक पर्छ । तर, संविधान संशोधन गर्ने सहमतिसहित बनेको सरकारलाई दुईतिहाइ अर्थात् १८४ सांसदको समर्थन आबश्यक छ । 

कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओलीले २६ असारमा संसद् सचिवालयलाई पत्र पठाउँदै विश्वासको मतको कार्यसूची राख्न आग्रह गरेका थिए । 

३२ सिटको माओवादी, २१ सिटको रास्वपा र १० सिटको एकीकृत समाजवादी स्पष्ट रूपमा प्रतिपक्षी भूमिकामा छन् । प्रतिपक्षी बेन्चमै रहेको १४ सिटको राप्रपाले पनि विश्वासको मत नदिने भएको छ । संसदीय दलबाट आधिकारिक निर्णय गर्न मात्र बाँकी छ । यसबाहेक एक–एक सिटको जनमोर्चा, नेमकिपा र तीनजना स्वतन्त्र सांसद निर्णयमा पुगिसकेका छैनन् । 

शीर्ष समाचार

धेरै पढिएको