March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

सारा र रकुलप्रित सिंहले पनि सुशान्तसँग ड्रग्स लिएको रियाको बयान

मुम्बइ– सुशान्त सिंह राजपुतको मृत्युमा ड्रग एंगल सार्वजनिक भएको थियो।स भारतीय नार्कोटिक्स कन्ट्रोल ब्युरोले यसकी मुख्य आरोपी रिया चक्रवतिलाई पक्रेको छ। 

उनलाई पक्रेसँगै फिल्म क्षेत्रका चर्चित अनुहारको असलीयत बाहिर आउन थालेको छ। रियालाई सोधपुछ गर्ने क्रममा अहिलेकी चर्चित अभिनेत्री सारा अलि खान, रकुलप्रीत सिंह, फेसन डिजाइनर सिमोन खम्बाटा र सुशान्तकी साथी रोहिणी अय्यर र बलिउडका सवैभन्दा ठूला कास्टिङ डाइरेक्टर र सुशान्‍तको अन्तिम फिल्म ‘दिल बेचारा’का निर्देशक मुकेश छावडा समेत ड्रग्स सेवनकर्ता रहेको खुलेको छ।

सारा अलि खान, रकुल प्रित सिंह र मुकेश छाबडाको नाम सार्वजनिक भएपछि बलिउडमा हलचल मच्चिएको छ।

नार्कोटिक्स नियन्त्रण ब्युरोले रियासँग सोधपुछ गरेर बलिउडका २५ कलाकारको नामसूची तयार पारेको छ। उनीहरुमाथि पनि अनुसन्धान हुने बताइएको छ।

सुशान्‍तको फार्म हाउसमा र पवना ड्याममा बनेको ‘आपती गवंडे’मा भएको पार्टीमा ब्युरोको नजर छ। सुशान्त साथीहरुका साथ यहि समय बिताउने र पार्टी गर्ने गर्थे।

शीर्ष समाचार

धेरै पढिएको