October 18, 2024, Friday
KN hd tv

ललितपुर महानगरले हटायो बागमती नदी छेउको सुकुम्बासी बस्ती (तस्वीरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले आज (आइतबार) बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ ।  ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो ।

हाछेथुका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको उनले बताए ।

महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो । सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो । त्यहाँ ९ वटा घरटहरा रहेको हाँथेछुले जानकारी दिए । त्यसमध्ये २ वटा घरटहराले सूचनापछि ठाउँ खाली गरिसकेका थिए । आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको उनले बताए । 

शीर्ष समाचार

धेरै पढिएको