September 7, 2024, Saturday
KN hd tv

उपेन्द्र यादवले घोषणा गरे जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो । अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन् । पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् ।

अध्यक्ष यादवले भनेका छन्, ‘जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भयो । उक्त महाधिवेशनले जसपा, नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति – पदाधिकारी- कार्यकारिणी – सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको हुँदा सोही अधिकार र पार्टीको विधान २०८० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार समेत निर्णय गरी जनता समाजवादी पार्टी, नेपालको निम्न बमोजिम केन्द्रीय समिति गठन गरिएको छ ।’

जसपा नेपालको महाधिवेशन अध्यक्ष बाहेकका अन्य पदमा भने उम्मेदवारी परेको थियो । जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जना, ५ उपाध्यक्ष पदका लागि २३ जना, २ महासचिवका लागि ६ जना र ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो । निर्वाचन प्रक्रिया स्थगित गरी जसपा नेपालले महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको