July 18, 2024, Thursday
KN hd tv

मन्त्रालयको बाँडफाँट भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । नेपाली कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभएको भन्दै उनले को-को सरकारमा सहभागी बन्छन् सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले बताए । सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको उनले बताए ।

‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन, यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । को–को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ, त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ,’ ओलीले भने । उनले भने, ‘कोको सरकारमा सामेल हुने भन्ने कुरा साधारणता हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ ।’

उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशीलतामा, कृषिमा आधानुकीकरण र व्यावसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन जरुरी रहेको बताए ।

‘त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन’, उनले भने, ‘व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । शिक्षालाई बढी व्यवहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’ उनले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताए । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए । उनले शिक्षालाई बढी व्यवहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको