July 18, 2024, Thursday
KN hd tv

अब ७६ (३) अनुसारकै सरकार बन्छ, कांग्रेस–एमालेले धैर्य गर्नुस् : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादले संविधान संशोधनमार्फत कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् । समानुपातिक समावेशी सिद्धान्त हटाउने गरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने उनले बताए ।

आज (मंगलबार) को प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद यादवले सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् । ‘संविधान संशोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य हुँदैन’ यादवले भने ।

संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरेपक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए । सांसद यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विश्वासको मत स्वतः संविधानको धारा ७६ को उपधारा ३ को सरकार बन्ने जिकिर गरे ।

शीर्ष समाचार

धेरै पढिएको