July 18, 2024, Thursday
KN hd tv

सहकारी छानबिन संसदीय समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीषक बसन्त कुँवरलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् । ‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं’, उनले भने ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको