July 18, 2024, Thursday
KN hd tv

लुम्बिनीमा मात्रै ४९ हजार बढी विद्यार्थी ‘ननग्रेड’, एसइईमा कुन प्रदेशको कस्तो नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।

एसइई परीक्षामा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जना मात्रै उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार यस पटकको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट एसइईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी) मा समावेश भएका छन् । मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए । जसमा ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशबाटएसइई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

n

शीर्ष समाचार

धेरै पढिएको