July 18, 2024, Thursday
KN hd tv

एकै पटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले एकै पटक ३२ सहसचिवको सरुवा गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो ।

भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा भएको छ भने हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिएको छ ।
हेर्नुस् सरुवा सूची

1
2

शीर्ष समाचार

धेरै पढिएको