July 18, 2024, Thursday
KN hd tv

पिएनजीलाई हराउँदै अफगानिस्तान सुपर–८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।

समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा अलआउट हुँदै ९५ रन बनाएको थियो । उसका लागि किप्लिङ दोरीगाले २७ रन बनाउनु सर्वाधिक रह्यो । उनीबाहेक एली नाओले १३ रन बनाए । त्यस्तै, टोनी उराले ११ रन बनाउँदा अतिरिक्त रनका रुपमा २५ रन पाएको थियो । अरु खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् । अफगानिस्तानका लागि फजला फारुखीले ३ विकेट लिँदा नभिन उलहकले २ तथा नुर अहमदले १ विकेट लिए । उसका तीन ब्याटर रनआउट भएका थिए ।

९६ रनको लक्ष्य पछ्याएको अफगानिसत्नले उक्त लक्ष्य १५.१ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो । उसका लागि गुल्बदीन नावीले ४९ रनको नटआउट इनिङ खेल्दा मोहमम्द नावी १६ रनमा नटआउट रहे । त्यस्तै, अज्मतुल्लाह ओमरजाइले १३ रन बनाउँदा रहमनुल्लाह गुर्वाजले ११ रन बनाए । पिएनजीका लागि एली नाओ, सेमन कमिया र नोर्मन भनुवाले समान १–१ विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको