June 16, 2024, Sunday
२०८१ असार ४, सोमबार
KN hd tv

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ । फिल्म ‘प्रसाद–२’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आफूहरूको मन्जुरी बिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । पक्राउबारे थप विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको