March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए। ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ’ उनले भने।


धुम्थाङको नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरूमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, २४ वर्षका सन्देश विक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षीय ल्याक्सी शेर्पा, हिरामाया नेवार र ज्ञानीमाया प्रधानको शव भेटिएको छ। भने एक जनाको सनाखत हुन बाँकी रहेको उनले बताए। पहिरोमा परेर ३ जना घाइते भएको उनले बताए। घाइतेको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको उनले बताए।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको उनले जनाए। जम्बु र खागदलका विस्थापित राख्ने तयारी थियो ‘असार २४ गते गएको बाढी–पहिरोबाट विस्थापित भएको जम्बु र खागदलका विस्थापितलाई त्यहाँ राख्नेबारे छलफल गरिरहेका थियौँ। तर, अहिले पहिरो गयो’ उनले भने, ‘हामीले त्यो बस्ती सुरक्षित ठानेर त्यहा विस्तापित राख्नेबारे सोचेका थियौँ। त्यहाँ पनि पहिरोले ठूलो क्षति पुग्‍यो।’ ‘हामीले त्यहाँ पहिरोको कुनै जोखिम देखेका थिएनौँ। देख्दै अपत्यारिले घटना घट्यो’ उनले भने, ‘पहिरोले ३० वटा घरभन्दा धेरैमा क्षति पुगेको छ। अहिले २ सय २२ घर जोखिममा परेका देखिन्छ। कुनै सडक निर्माण वा त्यस आसपास डोजरले खनेको पनि थिएन।’ असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका ५ जम्वुलगायत पूरै वडा जोखिममा परेको छ। बाह्रबिसे–५ जम्बुको पहिरोमा दुई जनाको मृत्यु भएको थियो, १७ जना बेपत्ता भएका छन् भने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन्।

जम्बु, कसेरी, बुकाम, खागदललगायत पूरै बस्तीमा क्षति पुगेको छ। मान्द्रा, गाती, सोताङ, हुन्दुङ, अरुचेलगायत दर्जन बस्ती जोखिममा रहेका नगरपालिकाले जनाएको छ। बाढी र पहिरोले नगरभित्रका पाँच हजार पाँच सय सय बढी परिवार जोखिममा छन्। निरन्तर विपत्ति यसअघि पनि सिन्धुपाल्चोका निरन्तर प्राकृतिक प्रकोपका घटना भइरहेका छन्। जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोले ३९ जनाको मृत्यु भएको थियो। बाह्रविसे, भोटेकोशी, मेलम्ची पाँचपोखरी लगायतको क्षेत्र निरन्तर प्रकोप भइरहेको छ।

यो घटनाबाहेक सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ५६ जनाले ज्यान गुमाइसकेका छन्। पहिरोमा २० जना हराइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।

शीर्ष समाचार

धेरै पढिएको