June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ को रकममा एक लाख थपेर आरोही उद्धार कोषमा दिने ल्हाक्पा सोनामको घोषणा

काठमाडौं । पर्यटन व्यवसायी तथा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली आरोही ल्हाक्पा सोनाम शेर्पा ७१ औं सगरमाथा दिवसको अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित भएका छन् ।

सगरमाथा दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो । पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको विकास, विस्तार र आन्तरिक रोजगारी सिर्जनाका साथै पर्यटक भित्र्याउन गरेको योगदानको कदर स्वरूप सो पुरस्कार प्रदान गरिएको सिफारिस समितिले जनाएको छ ।

सोनामलाई पुरस्कार प्रदान गरेपछि सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोहीको हक हितको संरक्षण गर्न सरकारले अर्थ मन्त्रालयमार्फत एक कल्याणकारी कोष खडा गर्ने बताएका छन् । यसैबीच अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित शेर्पाले प्रधानमन्त्रीको घोषणाको स्वागत गर्दै आफूले पुरस्कारमा पाएको एक लाख रुपैयाँमा आफ्नोतर्फका एक लाख रुपैयाँ थपेर २ लाख रुपैयाँ आरोही कल्याणकारी कोषमा दिने घोषणा गरेका छन् ।

शेर्पाले आरोहीको हकहित रक्षा र भर अभरका सहयोगका लागि कल्याणकारी कोष आवश्यक रहेकाले आफूबाटै सो योगदान गर्न चाहेको बताए । शेर्पाले भने, ‘मलाई अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारका लागि छनौट गरेकोमा सिफारिस कमिटीलाई धन्यवाद छ । यो सम्मानका लागि नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छु । सम्माननीय प्रधानमन्त्री ज्यूले आरोहीको हक हितको लागि कल्याणकारी कोष खडा गर्ने जुन कुरा गर्नुभएको छ,यो एकदमै सराहनीय लागेको छ । अर्थ मन्त्रालयमार्फत खडा हुने सो कोषमा मैले पाएको एक लाख राशिको पुरस्कारमा एक लाख रुपैयाँ थपेर योगदान दिने घोषणा गर्दछु ।’

शीर्ष समाचार

धेरै पढिएको