September 7, 2024, Saturday
KN hd tv

कोषका कोषाध्यक्ष सुवेदीले नै कर्मचारीलाई पशुपतिको भेटी चोर्न भनेपछि…

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पशुपतिनाथ मन्दिरको भेटी चोर्न कर्मचारीलाई अह्राउने गरेको पाइएको छ । पशुपतिको भेटी चोरेको आरोपमा प्रहरीले पक्राउ गरेका कोषका कर्मचारीहरूले आफूहरूले कोषका कोषाध्यक्ष सुवेदीको निर्देशनमा भेटी चोरेर उनैलाई बुझाएको बयान दिएका हुन् ।

भेटी चोरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले पक्राउ गरेका कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीले आफूहरूले कोषाध्यक्ष सुवेदीको निर्देशनमा भेर्टी चोर्ने गरेको बयान दिएका हुन् ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेले पशुपतिमा भेटी चोरीरहेको अवस्थामा उनीहरूलाई सोमबार रंगेहात पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयानमा बताएको प्रहरीले जनाएको छ । परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म चोर्ने गरेको बताएको बयानमा संलग्न प्रहरीले जानकारी दिए ।

पक्राउ परेकाले सोमबार मात्रै नौ हजार रुपैयाँ लुकाएर लगेको बयान दिएका छन् ।

डिएसपी थेबेले पशुपतिको भेटी चोरीको विषयमा अनुसन्धान भइरहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको