May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

सन्दीपको मुद्दाको फैसला हुँदै, अदालत बाहिर भिड, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।

आजै उक्त मुद्दाको फैसला आउने तयारी भइरहेको छ । आज फैसला आउने तयारी भइरहँदा उच्च अदालत बाहिर समर्थक र सर्वसाधरणको भिड बढेको छ । अदालत बाहिर भिड बढेका कारण सुरक्षा व्यवस्था कडा बनाइएको छ । सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो ।

adalat bahir

फैसलापछि सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । हिजो उच्च अदालत बाहिर सन्दीपका समर्थकले नाराबाजी गरेका थिए । आज पनि अदालतको गेट बाहिर सन्दीपका समर्थक बेला हुन थालेका छन् । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

जवाफी बहस सकिएपछि आजै फैसला आउने बताइएको छ । इजलासमा आज सन्दीप पनि उपस्थित भएका छन्। पीडित गौशाला–२६ भने आज उपस्थित भएकी छैनन्। मंगलबार भने दुवै जना अदालत आएका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन् । उता पीडित पक्षबाट पनि किशोरी नाबालिग नै रहेकाले सोहीबमोजिम अझ बढी जेल सजाय हुनुपर्ने माग गरी पुनरावेदन गरिएको छ । दुवै पुनरावेदन सँगै राखेर उच्च अदालत पाटनले मुद्दा सुनुवाइ गरिरहेको हो ।

शीर्ष समाचार

धेरै पढिएको