May 28, 2024, Tuesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

कर्णालीमा माओवादीबाट रणसिंह परियार मन्त्री बन्दै

सुर्खेत । रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ ।

मन्त्रालय भने टुङ्गिएको छैन । यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको