May 28, 2024, Tuesday
२०८१ जेष्ठ १५, मंगलवार
KN hd tv

धादिङको नीलकण्ठ नगरपालिकाका सरकारी विद्यालयमा निशुल्क शिक्षा

काठमाडौँ – धादिङको नीलकण्ठ नगरपालिका भित्र रहेका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनेभएको छ । नीलकण्ठ नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा निशुल्क शिक्षाको अवधारणा लागू गर्ने निर्णय गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले नेपालको संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी हकको कार्यान्वयन गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा कार्यक्रम ल्याईएको बताउनु भयो ।

नीलकण्ठ नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक बिद्यालयमा मावि तहसम्मको पढाई निःशुल्क गर्ने निति ल्याएको नगर प्रमुख ढुंगानाले जानकारी दिनु भएको हो । नगर क्षेत्र भित्रका कुनैपनि बालवालिका आर्थिक अभावले शिक्षा आर्जनवाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले निशुल्क शिक्षाको अवधारणा लागू गर्न लागिएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले वताउनु् भयो ।

निशुल्क शिक्षा कार्यान्वयनका लागि नगरपालिकाले आवश्यक निति र कार्यविधि बनाएर अघि बढ्ने उप प्रमुख विश्वकर्मको भनाई छ । नगरक्षेत्र भित्र निःशुल्क शिक्षाको अवधारणा संगै सदरमुकाममा रहेको नीलकण्ठ मावि, वालमन्दिर मावि र इजारा आविलाई एकीकरण गरी एउटै बिद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।

यस अघि विद्यालयले विभिन्न नाममा शुल्क लिंदै आईरहेको भएपनि नगरक्षेत्र भित्रका कुनै पनि सरकारी बिद्यालयले बिद्यार्थीसंग शुल्क दिन नपाउने, नगर क्षेत्र भित्र प्लस टुको पढाई दिउँसो सञ्चालन हुने र बिद्यालयका प्रधानाध्यापक छनौट खुल्ला प्रतिस्पर्धाबाट गरिने नीलकण्ठ नगरपालिकाले घोषणा गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको