July 20, 2024, Saturday
KN hd tv

हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टिम घोषणा

काठमाडौँ–  हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

हङकङमा नेपालले मार्च १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने छ।

त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुनेछ।

सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको हो।

टिममा रोहित पौडेल, कुशल भुर्तेल बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको