May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

स्कार्पियो र मोटरसाइकल जुध्दा रौतहटका दुई युवकको मृत्यु

रौतहट – सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुई जना युवकको मृत्यु भएको छ ।

गए राति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन् । दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिएका छन् ।

दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरार भएको तथा उसको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तीब्र गतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भईरहेको सर्लाही प्रहरीले जनाएको छ । –सञ्जय मिश्रा /न्यूज कारखाना

शीर्ष समाचार

धेरै पढिएको