March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। 

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। 

शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको