चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये चितवनका संक्रमितहरू भरपुर अस्पतालको स्वाब संकलन केन्द्र र पूरानो मेडिकल कलेज तथा क्वारेन्टिन स्थलमा संकलन गरिएको स्वाबमा पोजेटिभ आएको हो ।
प्रतिकृया दिनुहोस्