June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

ललितपुरमा कर्फ्यू

काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ। 

ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

ललितपुर प्रशासनले कफ्र्यु आदेश  जारी भएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्नेजस्ता कारवाही गर्न निषेध गरिएको र यो आदेशको उल्लंघन  गरी घरबाट निस्केमा वा अन्य काम गरेमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको