June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

बाग्लुङ – बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए।

चट्याङले दुई बाख्रा पनि मारेको छ। वर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाइतेलाई उपचारका लािग लैजान समस्या भैरहेको वडाअध्यक्ष बुढाले बताए। मृतकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लाने तयारी छ। ‘बाटो छैन बोकेर लाँदा दिनभरी लाग्छ’ उनले भने ‘घाईते बोक्नु कि मृतकलाई लैजानु भैरहेको छ।’

मंगलबार राति देखि परेको बव र चट्याङका कारण जिल्लाभर भएको क्षतिको विवरण संकलन भैरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। वर्षासँगै परेको चट्याङले लागेर फलेवास नगरपालिका–९ भंगराको सम्मा भन्ने ठाउँमा परेको चट्याङले लागेर शोभा सुनुवार गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि कुश्मा लैजाने तयारी भैरहेको छ। सोही ठाउँका अन्य तीनजना सामान्य घाइते भएका छन्।

भँगराकै पँदलाकी गुमा पौडेल क्षेत्रीको गोठमा चट्याङ परेर चारवटा बाख्रा मारेको छ। चट्याङका कारण क्षेत्री समान्य घाइते भएको वडा अध्यक्ष गंगाधर शर्माले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको