April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

युरोपमा अब राष्ट्रियस्तरको लकडाउन आवश्यक छैनः डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपमा अब राष्ट्रियस्तरको लकडाउन आवश्यक नभएको बताएको छ। 

संगठनका यूरोप निर्देशक हेन्स क्लुगले अब स्थानीय स्तरमा संक्रमणको अवस्था हेरेर लकडाउन गर्दा पनि संक्रमणबाट जोगिन सकिने बताए।  खोप नआएपनि अब यूरोप कोरोना भाइरससँग लड्न सक्ने उनको भनाइ छ।

उनले खोप नआउँदासम्ममा मानिसले आफ्नो आनीबानीमा परिवर्तन गरी कोरोनासँग लड्नु पर्ने र आवश्यक परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको