लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र १४
बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।
अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो । ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुष मुटु, मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्