December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

नेपाल सुपर लिगको सम्झौता रद्ध गरेर विमल घर्तीमगर लागे अष्ट्रेलियातर्फ

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन घर्तीमगरले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको