एमाले कर्णाली प्रदेश अधिवेशन सुरु : अध्यक्ष ओलीले गरे उदघाटन
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उदघाटन गरेका छन् । आज (बुधबार) वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन उद्घाटनको समय दिउँसो १ बजेलाई तय गरिएको भए पनि अध्यक्ष ओली निर्धारित समयमा पुग्न नसकेपछि ३ बजेलाई सारिएको थियो ।

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् ।
एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहने छ । दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।
प्रतिकृया दिनुहोस्